कोइला कारखानामा आगलागी, करोडौंको क्षति
  • CIA Khabar

  • झापा । झापाको मेचीनगर नगरपालिका–१५ मिलकोटी क्षेत्रस्थित एक वायु ग्यास कोइला कारखानामा सोमबार बिहान आगलागी भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार आगलागीबाट कति क्षति भएको विवरण नआइसकेपनि करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट भएर आलगाली भएको हो ।

    आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरीको टोली र स्थानीयवासी परिचालित भएका थिए ।

    मेचीनगर नगरपालिका, बिर्तामोड र मोरङको उर्लाबारीबाट दमकल आएपछि आगो नियन्त्रणमा आइसेकको छ ।

    बिहान ३ बजेदेखि लागेको आगो नियन्त्रणमा करिब ३ घन्टाभन्दा बढी समय लागेको थियो ।

  • २० बैशाख २०७८, सोमबार १२:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images