नेता पौडेल अस्वस्थ बन्दा काँग्रेस पदाधिकारी बैठक स्थगित
  • CIA Khabar

  •  

    काठमाडौ । काँग्रेस पदाधिकार बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्ने गरी स्थगित भएको काँग्रेस सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

    महतका अनुसार सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल गर्ने बैठक बोलाए पनि वरिष्ठ नेता पौडेलको आग्रहमा सोमबारको बैठक मंगलबार सारिएको हो ।

    पौडेलले आज आफूलाई अलि सञ्चो नभएको भन्दै बैठक सार्न आग्रह गरेका थिए ।

  • २० बैशाख २०७८, सोमबार १३:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images