डा.भट्टराई केही दिन अस्पतालमै रहने
  • CIA Khabar

  • काठमाडौ । जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने भएका छन् ।

    गत शुक्रबार उनको पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको थियो ।
    शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरुले बताएको जसपा नेपालका कार्यकारिणी सदस्य विश्वदीप पाण्डेले बताए ।

    उनी केही दिन चिकित्सकहरुको निगरानीमा वीर अस्पतालमै रहने बताइएको छ ।

  • २० बैशाख २०७८, सोमबार १३:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images