ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • CIA Khabar

  • कपिलवस्तु । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    कपिलवस्तु बाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकललाई बुटवल उपमहानगरपालिका–१२ स्थित ढवाहमा ठक्कर दिँदा कपिलवस्तुको वाणगंगा नगरपालिका–९ का २५ वर्षीय सुवास आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी घाइते भएका आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

  • २० बैशाख २०७८, सोमबार १३:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images