मन्त्रिपरिषद् बैठक बस्दै
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार पनि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठक आज ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। तर बैठकको एजेण्डाबारे मन्त्रीहरूलाई जानकारी गराइएको छैन ।

    यसअघि आइतबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।  बैठकले वशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाइ उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्ने लगायतका निर्णय गरेको थियो ।

    भोलिपल्टै प्रधानमन्त्रीले पुनः अर्को बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • २० बैशाख २०७८, सोमबार १५:११ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images