गायिका ईश्वरी बरालको ‘खानदानी छोरी’ सार्वजनिक
  • CIA Khabar

  • काठमाडौँ– गायिका ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक भएको छ।

    गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङ्ग विकले लेखेका हुन् । गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन्।

    चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ । म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न पाइनेछ । इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो ।

    भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । गायिका बरालको यसअघि सार्वजनिक भएको ‘नरिसाउन होइ’ गीत चर्चामा छ ।

    हेर्नुहोस् भिडियो

  • २० बैशाख २०७८, सोमबार १५:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images