निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्रीकाे घोषणा
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए ।

    उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए ।

    ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए ।

  • २० बैशाख २०७८, सोमबार १६:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images