महिला सांसदलाई दुव्यर्वहार गरेको भिडियो देखाउन डीआईजी धानुकको चुनौती
  • CIA Khabar

  • बुटवल । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआईजी रवीन्द्र धानुक सहितका प्रहरी अधिकारीले हातपात र दमन गरेको आरोप लगाए । तर,लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भने सो आरोपको खण्डन गरेका छन् ।

    सांसद निर्मला क्षेत्री,फूलमति ढेगा,लौटी थारु,सुष्मा यादव,पुष्पा थरुनी र गीता थापामाथि हातपात भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन् ।

    महिला सांसदमाथि हातपात भएको भन्दै डीआईजीमाथि कारबाहीको माग
    ​डीआईजी धानुकले भने महिला सांसदहरुको सो आरोप ‘बनावटी कुरा’ भएको बताए । उनले भने, ‘रुपन्देहीका प्रजिअ र एसपीले कमाण्ड गरेका थिए,म ढोका खोलेर बाहिर निस्किएँ ।’

    उनका अनुसार प्रदेश प्रमुखको कम्पाउण्डमा सांसदहरु धर्नामा बसेपछि स्थिति नियन्त्रणमा लिन एसपी र प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका थिए ।

    सांसद कुलप्रसाद केसी,सशस्त्र प्रहरीका डीआईजी ई।किशोर प्रधान र आफू सँगै रहेको बताउँदै धानुकले महिला प्रहरी परिचालन गरेर सांसदहरुलाई त्यहाँबाट हटाएको दाबी गरे । ‘सांसद र महिला प्रहरीका बीचमा धकेलाधकेल हुँदा म गेट बाहिर थिएँ,अनि मैले कसरी दुव्यर्वहार गरेँ रु’ उनले भने, ‘मैले हातपात गरेको भिज्युअल पेश गर्न चुनौती दिन्छु ।’

    डीआईजी दर्जाको अधिकृतलाई महिला सांसदलाई हातपात गर्न हुँदैन भन्ने सामान्य जानकारी भएको बताउँदै धानुकले कांग्रेस सांसद क्षेत्रीले चर्चामा आउन अनावश्यक आरोप लगाएको दाबी गरे । ‘त्यहाँ १ सय जना पत्रकार थिए,मैले हातपात गरेको भए भिडियो खिच्ने थिएनन् रु’ उनले भने, ‘आरोप लगाउनेले किन भिडियो बाहिर ल्याउन सकेका छैनन् ?’

    आफूले हातपात गरेको भए सामाजिक सञ्जालमा भिडियो भाइरल भइसक्ने उल्लेख गर्दै धानुकले अनर्गल प्रचार नगर्न महिला सांसदहरुलाई आग्रहसमेत गरे ।

  • २० बैशाख २०७८, सोमबार १६:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images