त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद
  • CIA Khabar

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो । सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

    पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् । फरक–फरक उडानबाट काठमाडौं आएका उनीहरुले स्पिकरमा फिट गरेर सुन ल्याएका थिए । पक्राउ परेकाहरूमाथि विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

  • २० बैशाख २०७८, सोमबार १६:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images