मकवानपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि
  • CIA Khabar

  • मकवानपुर । मकवानपुरमा सोमबार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनाको स्वाबको नमुना परिक्षण गर्दा बारा जिल्लाका एक जनासहित ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।

    संक्रमण पुष्टि हुनेमा १५ देखि ७३ वर्षका ३० जना महिला र ३३ जना पुरुष रहेका छन् ।
    चौलागाईंका अनुसार, संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ६१ जना, मनहरी गाउँपालिकाका १ जना र बारा जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा सबैभन्दा बढी २१ जनामा संक्रमण पुष्टि भएको छ भने हेटौंडा–४ का १३ जनामा संक्रमण पुष्टि भएको छ ।

    मकवानपुरमा कोरोना संक्रमणको दर ७१ प्रतिशत रहेको छ ।

  • २० बैशाख २०७८, सोमबार १६:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images