दमकमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु
  • CIA Khabar

  • दमक । कोरोना सङ्क्रमणका कारण झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नपा– २ की ६५ वर्षीया एक वृद्धाको आज बिहान मृत्यु भएको छ ।

    कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन भएको थियो । दमकमा आज बिहानसम्ममा नयाँ भेरियन्टसँग ७०सङ्क्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।

  • २० बैशाख २०७८, सोमबार १६:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images