रुपन्देहीमा १२ घण्टामा १२ संक्रमितको मृत्यु
  • CIA Khabar

  • रूपन्देही । रुपन्देहीमा १२ घन्टाको अन्तरमा १२ जना संक्रमितको मृत्यु भएको छ।

    बुटवलस्थित कोरोना विशेष अस्पतालमा ६ र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ६ जनाको मृत्यु भएको हो।

    लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा।विष्णु गौतमका अनुसार कोरोना विशेष अस्पतालमा उपचाररत ६ पुरुषको मृत्यु भएको छ।

    भैरहवास्थित युनिसर्भसल मेडिकल कलेज भैरहवामा पनि ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको मेडिकल कलेजका सूूचना अधिकारी सुशिल गुरुङले जानकारी दिए।

    रुपन्देहीमा सोमबारसम्म ३ हजार ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११७ पुुगेको छ।

  • २० बैशाख २०७८, सोमबार १६:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images