माओवादीको किर्ते काण्ड पर्दाफासः दुई सांसदद्वारा मुख्यमन्त्री पोखरेललाई नै समर्थन रहेको जानकारी
  • CIA Khabar

  • काठमाडौँ । लुम्विनी प्रदेशको हिजो भएको मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको हस्ताक्षरमा एमालेका दुई सांसदले हस्ताक्षर गरेको भनि माओवादीले किर्ते गरी प्रदेश प्रमुख समक्ष दावी पेश गरेको तथ्य खुल्न आएको छ ।

    माओवादी तथा कांग्रेसको गठबन्धनका तर्फबाट कुल प्रसाद केसीले नक्कली हस्ताक्षर गरी प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गरेको खुलेको हो । एमाले तर्फबाट सांसद बन्नुभएका धर्मबहादुर लाल श्रीवस्तव र अजय शाहीले आफ्नो पक्षमा रहेको भन्दै माओवादी कांग्रेसको गठबन्धनका तर्फबाट कुलप्रसाद केसीले प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाउनुभएको थियो ।

    तर सांसद श्रीवास्तव र शाहीले आज उक्त कुराको खण्डन गर्दै आफुहरु एमालेका तर्फबाट निर्वाचित भएको साथै एमालेमा कटिवद्ध रहेको उल्लेख गर्दै केसीले हस्ताक्षरको दुरुपयोग गरेको विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।

  • २० बैशाख २०७८, सोमबार १७:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images