‘राम सेतु’मा पुरातत्वविद् बन्दै अक्षय
  • CIA Khabar

  • बलिउड नायक अक्षय कुमार भारतमा लकडाउन खुलेसँगै चलचित्रको छायांकनमा व्यस्त छन् । उनले ‘अतरंगी रे’ नामक चलचित्रको छायांकन सकेसँगै नयाँ चलचित्र ‘राम सेतु’को छायांकन सुरु गरेका छन् । अक्षयले चलचित्रमा आफ्नो भूमिका र गेटअप सार्वजनिक गरेका छन् । अक्षयले सामाजिक संजालमा उल्लेख गरे अनुसार यो चलचित्रमा उनी पुरातत्वविद्को भूमिकामा देखिदैछन् ।

    अक्षयले यो चलचित्र आफ्नो करिअरकै सबैभन्दा विशेष चलचित्र भएको समेत उल्लेख गरेका छन् । यो चलचित्रलाई गुड फिल्मस्सँगको सहकार्यमा एमाजन प्रमाइमले सह–निर्माण गर्दैछ । चलचित्रको निर्देशक अभिषेक शर्मा हुन् ।

    चलचित्रमा अक्षयको साथमा नायिकाद्धय ज्याकलिन फर्नान्डेज र नुसरत बरुच्चाको अभिनय रहनेछ ।

  • १८ चैत्र २०७७, बुधबार १५:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images