आज पनि मन्त्रिपरिषद बैठक बस्दै
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आज दिउसो ४ बजे मन्त्रिपरिषदब ैठक बोलाइएको हो ।

    बालुवाटार निकट स्रोतका अनुसार कोभिड नियन्त्रण र पछिल्लो राजनीतिक घटनाक्रमको बिषयलाई लिएर बैठक बोलाइएको हो । आइतवार बसेको मन्त्रिपरिषद बैठकले बिश्वासको मत लिनका लागि यही बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय लिएको थियो ।

    आज बैठक बोलाइएको तर एजेण्डाबारे बैठकमै जानकारी दिइने एक मन्त्रीले बताए । उनका अनुसार केहीबेर अघि बैठकबारे सूचना आएको हो ।

  • २० बैशाख २०७८, सोमबार १७:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images