प्रहरीलाई मास्क र सेनिटाईजर
  • CIA Khabar

  • कपिलवस्तु । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गते देखी बैशाख मसान्त सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कार्यान्वयनको लागि कार्यक्षेत्रमा प्रहरीको टोली खटाईएको छ । जिल्लाको बुद्धभुमी नगरपालिकाको कार्य क्षेत्रमा खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीलाई नेपाल बिद्यार्थी संघको टोलीले स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।

    ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेका प्रहरी निरिक्षक लिलाराम आचार्यलाई नेपाल बिद्यार्थी संघका बुद्धभुमी नगरपालिकाका नगर सभापति अच्युत अर्याल नेतृत्वको टोलीले मास्क सेनिटाईजर लगायतका सामाग्री हस्तान्तरण गरेको हो । कार्य क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल थप उच्च बनोस भन्ने उद्धेश्य सहित मासक सेनिटाईजर लगायतको स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको नगर अध्यक्ष अर्यालले बताए ।

    No description available.

    कोरोना माहामारीको दोस्रो लहरमा समेत ज्यानको बाजी थापेर कार्य क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई केहि मास्क सेनिटाईजर लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तर गर्दा समेत सामाजिक उत्तरदायित्व बहन गरेको अनुभुती भएको उनले बताए । मास्क, सेनिटाईजर बितरणमा नगर अध्यक्ष अर्याल सहित युवा नेता शुसिल बस्नेत, संदिप पौडेल लगायत सहभागी थिए ।

  • २० बैशाख २०७८, सोमबार १८:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images