नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए शपथ
  • CIA Khabar

  • काठमाडौँ– गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनियताको शपत लिएका हुन् ।

    आज मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै  पौडेल र यादवलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले गण्डकी प्रदेशमा पौडेल र सुदूरपश्चिम प्रदेशमा यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

    गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्तलाई हटाएर उनीहरुलाई नियुक्त गरिएको हो ।

    गण्डकी र सुदूर पश्चिममा माओवादी निकट प्रदेश प्रमुखहरु रहेकोमा उनीहरुलाई हटाएर एमाले निकटलाई ल्याइएको हो ।

    गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन् । यसैगरी यादव  राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका थिए । पछिल्लो समय उनी नेकपा एमालेमा लागेका छन् । ‍

  • २० बैशाख २०७८, सोमबार १९:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images