अमेरिकन आइडल’को उत्कृष्ट ७ मा पुगे दिवेश
  • CIA Khabar

  • काठमाडौं– अघिल्लो संस्करणको ‘अमेरिकन आइडल’मा फस्ट रनरअप बनेका नेपाली गायक दिवेश पोखरेल उर्फ आर्थर गन हाल भइरहेको नयाँ संस्करणमा उत्कृष्ट ७ मा पुगेका छन् ।

    दुई साता अघि शोमा ‘आइरिस’ गीत गाएपछि उनको गीतलाई निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले तारिफ गरेका थिए ।

    दिवेश भोटिङबाट अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै उत्कृष्ट १० मा परेका थिए । यो वर्ष आयोजक टिमले अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनामध्ये सर्वाधिक भोट ल्याउने एकजना प्रतिस्पर्धीलाई टिममा पार्ने निर्णय लिएको थियो ।

    आइतबारको प्रतिष्पर्धामा १० जनाले सहभागिता जनाए पनि त्यसबाट तीन जना बाहिरिएपछि दिवेश उत्कृष्ट ७ मा परेका हुन् । दिवेशले आफूलाई थप भोट दिन आव्हानसमेत गरेका छन् ।

  • २० बैशाख २०७८, सोमबार १९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images