निषेधाज्ञा दोस्रो दिन पनि सुनसान बन्यो तम्घास बजार
  • गोकर्ण पाण्डे

  •  

    गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले कोरोना संक्रमण नियन्त्रण गर्न जारि गरेको निषेधाज्ञा प्रभाबकारि बनेको छ। प्रशासनले बैशाख १८ गते रातिदेखि २५ गतेसम्म लागू हुने गरी निषेधाज्ञा गरेपछि जिल्ला सदरमुकाम तम्घास सहितका बजार सुनसान बनेका छन्।

    निषेधाज्ञामा अनुमतिप्राप्त र प्रशासनबाट पास पाएका सवारीसाधन मात्र गुडेका छन् । अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा आएका छैनन् ।

    यस्तै अत्यावश्यक सेवाका कार्यालय, बैँक तथा वित्तिय सङ्घसंस्था खुलेका छन् । यद्यपी ग्राहकको बैँकमा कुनै पनि चहलपहल छैन ।
    निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, बिहान ७ बजे देखि ९ बजे सम्म मात्र खुलेका छन्।

    नियम बिपरित सबारि साधन चालाउने लाई प्रहरी ले नियन्त्रण मा लिएको छ।

  • २० बैशाख २०७८, सोमबार २०:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images