आगलागी हुँदा दुई जनाको मृत्यु
  • CIA Khabar

  • प्रतिकात्मक तस्वीर

    रामेछाप । रामेछापको उमाकुण्डस्थित एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु बहएको छ ।

    जिल्लाको उमाकुण्ड गाउँपालिका–२ बाम्ती लहरेटोलका ७८ वर्षीय धनबहादुर कार्कीको घरमा आइतबार बिहान आगलागी भएको थियो । सो आगलागीमा परी धनबहादुर र उनकी श्रीमती ६८ वर्षीय सिता कार्कीको जलेर मृत्यु भएको हो ।

    आगलागीबाट धनबहादुरका छोरा ३५ वर्षीय मनोहर कार्की, बुहारी ३२ वर्षीया कल्पना कार्की र नातिनी ३ वर्षीया स्मारिका कार्कीको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

  • २० बैशाख २०७८, सोमबार २२:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images