महामारीबाट नगरबासीलाई बचाउन नगर प्रमुख कार्किलाइ कांग्रेस युवा नेता पौडेल द्वारा अपिल
  • अर्जुन पौडेल

  • रुपन्देही । नेपाली कांग्रेस रुपन्देही का युवा नेता अर्जुन पौडेल द्वारा सैनामैना नगरपालिका का नगर प्रमुख चित्र बहादुर कार्कि लाई दोस्रो चरण को कोरोना महामारी मा केन्द्र र प्रदेश सरकार राजनैतिक जोड़ घटाऊँमा लागेका यो बेला स्थानिय सरकार लाई जनता माझ आफ्नो सकारात्मक उपस्थिति देखाउने अवसर यबम चुनौति का रुपमा काम गरेर आम नगरवासी लाई सरकार भयको अनुभूति गराऊँन बोलिमा भन्दा पनि ब्यवहार मा कर्म गरेर देखाऊन आग्रह गरेका छन

    हरेक पेसा ब्यबसाय संग्ग आवद्द ब्यक्ति यबम संस्था यवम आम नागरिकहरू गत सालको कोरोनाले थला परेर जेनतेन उठ्न खोजिरहेको अबस्थामा फेरि कोरोना महामारीले बाहिर निस्कन समेत बन्द भयौं।
    आफ्ना इष्टमित्रहरू अकालमै गुमाइरहेको पीडा त्यों पिडां पोख्न सकिरहेका छैंनन ।
    गत साल माहमारीबाट हामीले के सिक्यौ ? कमसेकम हामीले हरेक वडाका स्वास्थ्य चौकीहरू ब्यबस्थित त गर्न सक्थ्यौ नि हैन रु बाहिरबाट आउनुभएका नागरिकहरूलाई होल्डिङ सेन्टर बनाउन नसक्नु प्रमुख कमजोरी भयो।

    हरेक स्वास्थ्य चौकीमा रहेका कर्मचारी हरूलाई राखेर हरेक वडामा आइसोलेसन वार्ड बनाउन किन सकेनौ?
    हरेक दिन अक्सिजन नपाएर बिरामी छटपटाएको देखिरहेका छौं तर हामीले खाली भएका अक्सिजन सिलिन्डर नगरपालिकाको टिपरमा लोड गरेर भैरहवा वा अन्य ठुलो अक्सिजनप्लान्टमा पुर्यायर भरेर ल्याउन किन सकेनौ?
    तपाइको नगरपालिकामा रहेका एम्बुलेन्सहरू चुस्त दुरूस्त राखेर ११वटै वडामा दौडाउन केले रोक्यो?

    हामीसँग कर्मचारी छन् टेलिफोन नम्बरछन कम्तिमा २र२ जना कर्मचारी राखेर नागरिक सहायता कक्ष राखेर आपतकालीन सेवा दिन किन सकेनौं?

    सैनामैना मा आई सि यु उद्घाटन भयो तर जुन रुपमा सेवा प्रवाह हुनु पर्ने हो त्यों गतिमा चलेको छैन आइ सि यु नहुदा दैनिक हेलिकप्टरबाट काठमाडौ बिरामी बोकेको बोक्यै छ। पैसा नहुनेले हेलिकप्टर चार्टर गर्न सक्दैन। सक्नेले पनि काठमाडौँ समेत बेड अभाब छ। अब जति सक्दो छिटो यहाँको आइ सि यु चलाउन पहल गर्नुहोस्।
    बजारको नजिक रहेका स्कुल कलेजमा अक्सिजन सहित आईसोलेसन वार्ड बनाउन पहल गर्नुस अब झन तपाईं हाम्रो जीवन कष्टकर बन्दैछ। बजेट रकमान्तरण गर्नुहोस् विकास बाँचे गरौँला। बिकासे बजेट पार्क जस्ता नाममा आएको बजेट सबै स्वास्थ्यमा लगाउनुहोस्।

    अब हरेक दिन तपाईंं हाम्रा इष्टमित्र तड्पिरहदा अक्सिजन नपाएर छट्पटाइरहदा तपाईं जनप्रतिनिधिहरू यसरी चुपचाप बस्दा जनप्रतिनिधिको मान सम्मान आशा भरोसा आम नागरिकमा घट्दै जानु स्वाभाविक हो। तपाईंहरू यसरी कर्तवय बाट टाढा हुदा तपाइहरूको मात्र हैन सिंगो ब्बस्थामाथि नै प्रश्न उठ्न थालेको छ।
    त्यसैले सम्पूर्ण जनप्रतिनिधिहरूलाई आग्रह गर्दै सम्पूर्ण राजनीति दल ,आम नागरिक ब्यबसायी संघ संगठन सबै हातेमालो गर्न तयार छौं जनप्रतिनिधि को साख बचाऊँन पनि तत्काल आगामी दिन मा हुन सक्ने सम्भावित समस्या को समाधान देखी उज्जव भविष्य को निमित्त प्रस्ट योजना यवम सेवा सुचारु गर्न अपिल गरेका युवा नेता पौडेल प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट सक्रिय रूपमा रुपँदेही मा राजनीति गर्छन ।

  • २१ बैशाख २०७८, मंगलवार ०८:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images