थप चार जना कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एकरएक जनाको मृत्यु भएको हो ।

    धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको हो । वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

    कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको हो ।

  • २१ बैशाख २०७८, मंगलवार ०८:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images