कोरोना बोकेर गाउँतिर…
  • CIA Khabar

  • काठमाडौँ । कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन् । तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ ।

    भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि किट अभावमा अधिकांशको जाँच हुने गरेको छैन । आइतबार भारतबाट भित्रिएका १ हजार ८० जनामध्ये ३ सय ८२ जनाको मात्र एन्टिजेन परीक्षण गरियो भन्ने अन्यलाई त्यसै घर जान दिइयो । शनिबार ११ सय ७० मा ४ सय ३२ जनाको मात्र जाँच गरिएको थियो । त्यस्तै शुक्रबार भारतबाट आएका १७ सय ४७ मध्ये ४ सय ७ जनाको एन्टिजेन जाँच गरिएको थियो ।

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा गौरीफन्टा, गड्डाचौकीलगायतका नाकाबाट ९ हजार ७ सय ५२ जना सुदूरपश्चिम फर्केका छन् । तीमध्ये बढीजसो परीक्षण नगरी गाउँगाउँ पुगेका छन् ।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • २१ बैशाख २०७८, मंगलवार ०८:३९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images