मै पाल्या कुत्ता मै देखि भुक्ता : एमाले नेता पान्डे
  • डेजि पान्डे

  • सुदुरपश्चिम । नेपालका पछिल्ला राजनीतिक घटनाक्रमहरु र त्यस्को प्रहारको एउटै मात्र केन्द्रविन्दु हाम्रो पार्टी नेकपा एमाले र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली हुनु हुन्छ । एमाले संग जोडिएको नेतृत्व र कार्यकर्ता पंक्तिका साथसाथै आम जनताले पार्टी प्रति गरि रहेको अपेक्षा, आशा र भरोसा माथिको हमला पनि हो। यस्तो वेला हरेक एक नेता कार्यकर्ताको मुल दायित्व भनेको भ्रम र षडयन्त्रका अनेक पर्दाहरु च्यातेर अघि बढनु हो जस्ले पार्टी प्रति आम जनताको अपार समर्थन र हौसला रहि रहने छ जुन पार्टी जीवनको खास धरातल हो ।

    धनगढी जाँदा राष्ट्रिय झण्डा फहराईएका राता बोर्डमा मुख्यमन्त्रीको कार्यलय देखि के के जाति मन्त्रालयका कार्यलयहरु देखिन्छन। वातानुकुलित महलका अगाडि चिटिक्क टल्कने रातो नम्बर प्लेटका छोपिएका राष्ट्रिय झण्डा सहितका सरकारी गाडीहरु कसैको व्यग्र प्रतिक्षामा कुरी रहेका देखिन्छन्। यि मोटरहरु सडकमा निस्कँदा आम सर्बसाधारणलाई बाटो छेक्ने वा तिनका कलसाईरन सुनेर छेउ लाग्ने बाहेक अरु कुनै काममा छन भन्ने भ्रम समेत छैन। बरु ति महल र झण्डावाला गाडी गुडेको देख्दा प्रतिशत वाला भनेर मुख बिगारेको देखिन्छ, सुनिन्छ।

    सुदुरपश्चिम प्रदेश सरकारको मुख्य हकदार नेकपा एमाले पार्टी र त्यस्को पक्षमा आफ्नो अमुल्य मतदान गर्ने आम सर्बसाधारण हुन। जस्ले प्रदेश सभामा रहेका ५२ जना प्रदेशसभा सदस्यमा २५ जना सुर्य चिन्हवाला एमालेका प्रतिनिधीहरु पठाएका छन। आम सर्बसाधारण जनताले आगामी चुनावमा त्यसको हिसाब किताब मिलान गर्ने नै छन तर पार्टी नेतृत्व के हेरेर बसेको छ रु आम प्रश्न उठि रहेको छ।

    यो प्रदेस सरकार नामको प्रतिशत वाला लाचार ग्याङ्ग जतिवेला सम्म झण्डावाला गाडी र महल कब्जा गरी रहने छ र हाम्रो पार्टी नेतृत्व र हामी पुलुक्क हेर्दै बाटो काटी रहने छौँ तबसम्म हाम्रो पार्टी एमाले निरन्तर क्षयीकरण र फुच्चे हुँदै जानेछ । त्यसो भएर पार्टी र आन्दोलन जोगाउने हो भने एमाले सुदुरपश्चिम प्रदेश पार्टी कमिटीले तुरुन्तै सुदुरपश्चिम प्रदेश सरकार नामधारीलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गर्दै प्रदेश सभामा प्रकृयागत रुपमा पेश गर्न धेरै ढिला भै सकेको छ । नेतृत्वलाई के कुरामा अलमल भएको छ ?

    सुदुरपश्चिम प्रदेश सरकारले एमालेको प्रदेश नेतृत्व र केन्द्रीय सरकारलाई अपमान गरेको भन्ने पनि सुन्निदै छ यदि यो साँचो हो र हाम्रो नेतृत्वले केही गर्न नसकेकै हो भने हामीलाई जिम्मा दिनुस् एक हप्ता भित्र यो खकारलाई ठेगाना लगाईन्छ । मै पाल्या कुत्ता मै देखि भुक्ता हुन दिइनु हुँदैन। यति सामान्य र प्रष्ट कुरामा पनि पार्टी नेतृत्वले कुनै ठोस कदम नचाली अनिर्णयको बन्दी बनि रहने हो भने समय र जनमतले हामी सबैलाई धिकार्ने छ । जनताले दिएको कुनै पनि जिम्मेवारी बोक्न सक्ने हाम्रो ल्याकत माथि गम्भीर प्रश्न खडा हुने छ रु

  • २१ बैशाख २०७८, मंगलवार १०:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images