दीर्घनारायणलाई साझा उम्मेदवारको ललीपप
  • CIA Khabar

  • कपिलवस्तु । आइतबार आकस्मिक रुपमा नेकपा एमाले तथा लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई ४ दलको गठबन्धनले साझा उम्मेदवार बनाउने आश्वासन दिएको छ ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तर्फबाट पाण्डेलाई साझा उम्मेदवार बनाउने सहमति भएको बताए ।

    आइतबार बिहान एमालेको संसदीय दलको बैठकमा सहभागी पाण्डेले दिउँसो मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि राजीनामा दिएका थिए ।

    कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेको राजीनामा स्वीकृत भइसकेको छ ।

    आइतबार सांसदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डेले सुविधा पाएको सरकारी गाडी फिर्ता चढिरहेका छन् ।

    सामाजिक विकास समितिको जिम्मेवारीमा रहेका पाण्डेले आफू चढ्ने लु १ झ ४४५ नम्बरको गाडी अहिलेसम्म फिर्ता नगरेका हुन् । आज चार गठबन्धनको विरोध कार्यक्रमा सहभागी पाण्डेले सोही गाडी प्रयोग गरेका थिए ।

    प्रदेशसभा सचिबालयका सूचना अधिकारी दिनेश अधिकारीले पाण्डेले सुविधाको गाडि फिर्ता नगरेको बताए ।

  • २१ बैशाख २०७८, मंगलवार १०:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images