काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको आज पाँचौ दिन भएको छ ।
निषेधाज्ञाको बीचमा पनि सडकमा सवारी र पैदल हिँड्नेहरू बाक्लै देखिएका छन् । निषेधाज्ञाको आदेश पालना गराउने मुख्य निकाय प्रहरी हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले एस एन एन नेपालसँग कुरा गर्दै निषेधाज्ञालाई ‘थप कडा बनाउने’ बताएका छन् ।