कांग्रेस पदाधिकारी बैठक बस्दै
  • CIA Khabar

  • काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

    दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको बैठकमा कोरोना भाइरसको महामारी तीव्र भइरहँदा महाधिवेशनलाई कसरी गर्ने भन्ने विषयमा छलफलको तयारी भएको छ ।

    सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार यसअतिरिक्त आजको बैठकमा ओलीले यही २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति अख्तियारी गर्ने भन्नेबारे पनि छलफल हुनेछ ।

    बैठकमा पूर्वपदाधिकारीलाई बोलाइएको छ । पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

  • २१ बैशाख २०७८, मंगलवार १०:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images