सङ्क्रमित जनप्रतिनिधिको मृत्यु
  • CIA Khabar

  • बागलुङ । बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

    जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

    अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । श्वासप्रश्वास कै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा। शैलेन्द्र विक पोखरेलले बताए। उनी गाउँ कार्यपालिका सदस्य हुन् ।

  • २१ बैशाख २०७८, मंगलवार १०:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images