अस्पताल बनाउँदै पालिकाहरू
  • CIA Khabar

  • कपिलवस्तु  । दाङ, कपिलवस्तु, नेपालगन्ज, रूपन्देही,परासीमा अस्पतालमा बेड नपाएर कोरोना संक्रमितको ज्यान जाने अवस्था आएपछि लामो समय मौन रहेका स्थानीय सरकार अस्पताल निर्माणमा जुटेका हुन् ।

    कतै भने सामान्य आइसोलेसनलाई स्तरोन्नति गरेर अक्सिजन सिलिन्डरसहितको सुविधामा परिणत गरिएको छ ।

    रूपन्देहीको सैनामैनामा सञ्चालित कोभिड अस्थायी अस्पतालमा उपचाररत संक्रमितहरू ।
    दाङको तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शय्याको अस्पताल तयार पारेको छ । अक्सिजन उपलब्ध हुनासाथ अस्पताल सञ्चालन हुने नगर प्रमुख घनश्याम पाण्डेले बताए ।

    बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा भुइँमा राखेर उपचार गर्ने अवस्थापछि शनिबार १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय शय्या बढाइएको छ । यसअघि ५ आईसीयू र ३० सामान्य गरी ३५ शय्या मात्रै थिए ।

    लमही नगरपालिकाले २५ शय्या, बबई गाउँपालिकाले ३०, दंगीशरणले १०, शान्तिनगरले २० र बंगलाचुलीले १५ शय्याका अस्पताल तयार पारेका छन् । दिनहुँ औसतमा एक सयभन्दा बढी बिरामी थपिइरहेका छन् ।

  • २१ बैशाख २०७८, मंगलवार १२:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images