अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहलाई फाइजर खोप दिन अनुमति दिने
  • CIA Khabar

  • काठमाण्डौ । अमेरिकी खाद्य तथा औषधि नियामक एफडीएले १२ देखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोरोना विरुद्धको खोप दिन अनुमति दिने भएको छ ।

    एफडीएले आउँदो हप्ता कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको एफडीएका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था सीएनएनले जनाएको छ । १२ देखि १५ वर्ष उमेर समूहका २२ सय ६० जनामा गरेको परीक्षणमा शत प्रतिशत राम्रो नतिजा आएपछि अनुमति दिन लागेको खबरमा उल्लेख छ ।

    यसअघिका कुनै पनि खोप १६ वर्षमुनिकालाई लगाउन अनुमति दिइएको छैन । फाइजरको खोप यसअघि १६ वर्षमाथिकालाई र अन्य खोप १८ वर्षमाथिका लागि अनुमति प्राप्त छन् । कोरोना भाइरसका पछिल्ला भेरियन्टहरुले बालबालिकामा सङ्क्रमण तथा मृत्युको दर बढाएपछि कम उमेरकालाई खोप दिनेबारेमा परीक्षणहरु भइरहेका छन् ।

    फाइजर कम्पनीले आफ्नो खोप ६ महिनादेखि वर्षसम्मका बालबालिकाका लागि पनि परीक्षण भइरहेको र सम्भवत सन् २०२२ सम्ममा १२ वर्षमुनिका बालबालिकालाई खोप तयार हुने फाइजर कम्पनीलाई उदृत गर्दै सीएएनले जनाएको छ ।

  • २१ बैशाख २०७८, मंगलवार १३:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images