भक्तपुरमा सुत्केरी सेक्न बालेको आगोमा निसासिएर दिदीको मृत्यु, आमा र बहिनी घाइते
  • CIA Khabar

  • भक्तपुर । भक्तपुरमा सुत्केरी सेक्ने क्रममा कोठामा बालेको आगोले निसासिएर महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा काभ्रेकी २२ वर्षिया सुनिता तामाङ रहेको छ । काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भएर सुर्यबिनायक नगरपालिका-१० मिलन चोक डेरा गरी बस्ने ४० की शान्ति माया ब्लोन तामाङ र उनकी १८ वर्षकी अनिता तामाङ घाइते भएका प्रहरीले जनाएको छ ।

    अनिता सुत्केरी भएकाले सेक्न झयाल ढोका थुनेर मकलमा कोइला बालिएको थियो । शनिबार शान्ति माया ब्लोनका श्रीमान सलाम तामाङले शान्तिमायालाई फोन गरे । तर फोन नउठेपछि भान्जा सोनाम तामाङलाई फोन गरेर श्रीमतिको फोन किन उठेन भनेर बुझन पठाएका थिए । सोनाम कोठामा पुग्दा तीनै जना कोठाभित्र बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सागर कार्की सहित खटिएको प्रहरी टोली पुग्दा कोठाको सम्पुर्ण झ्याल र ढोका भित्रबाट बन्द अवस्थामा थियो ।

    प्रहरीले स्थानीयको सहयोगमा झ्याल ढोकाको चुकुल फोडेर हेर्दा मुखबाट फिज काटेर बेहोस अवस्थामा फेला पारेको थियो । तत्काल उनीहरुको उपचारको लागि मध्यपुर अस्पताल ठिमी भक्तपुर लगिएको थियो ।

    उपचारकै क्रममा राति १० बजे सुनिता तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । आमा शान्तिमाया र कान्छी छोरी अनिताको मध्यपुर अस्पतालमा उपचार भईरहेको छ ।

    अनिता शनिबार सुत्केरी भएकी थिइन् । सोही दिन सुनिताले सुत्केरीलाई सेकताप गर्न मकलमा कोइला बालेकी थिइन् ।

    अनुसन्धानको क्रममा कोठामा बालेको कोइला भेटिएको परिसर सूचना अधिकारी समेत रहेका गिरीले बताए ।

    उनले भने,‘कोठा सम्पुर्ण झ्याल ढोका भित्रबाट बन्द अवस्था रही प्रयाप्त मात्रामा अक्सिजन खेल्न नसक्ने अवस्थामा रहेको, जुठा भाडाहरु सहित पकाएको भाडाहरुमा दाल, भात, तरकारी रहेको, मोबाईलहरु बेड नजिक भेटिएको छ ।’

    अनिताले जन्माएको बच्चा सोही बेलुका सोनामको साथी जेम्स कुसुलेको जेठान दाइ र दिदिलाई पालन पोषणको लागि जिम्मा दिएको अनुसन्धानबाट खुलेको उनले बताए । मृतक सुनिता र घाइते अनिताको बैबाहिक सम्बन्ध राम्रो नरहेकोले आफ्नै आमासंग बस्दै आएका थिए ।

    उक्त घटना सम्बन्धमा सुनिताको बुबा सलामले महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा प्रकार नखुलेको फुटकर ज्यान मुद्दा शिर्षकमा जाहेरी दिएका छन् ।

    पोष्‍टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगिएको थियो । पोष्टमार्टम पछि शव बुबा सलामलाई जिम्मा दिईएको प्रहरीले जनाएको छ ।

    उक्त घटनामा बेहोस भएका आमा र बहिनीको अवस्थामा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।
    अक्सिजनको कमीले मृत्यु भएकोले प्रहरीले थप अुनसन्धान गरिरहेको छ ।

  • २१ बैशाख २०७८, मंगलवार १४:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images