कांग्रेस पदाधिकारी बैठकमा विश्वासको मतबारे छलफल हुने
  • CIA Khabar

  • g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s z'qmaf/ nlntk'/l:yt kf6L{ s]Gb|Lo sfof{no ;g]kfdf a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक आज बस्दैछ ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ बजेपछि बस्ने बैठकमा वैशाख २७ को संसद बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको अवस्थामा कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ ।

    कांग्रेसले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने तथा आफ्नै नेतृत्वमा सरकार बनाउने अग्रसरता लिइसकेको छ ।

    प्रधानमन्त्री ओलीको विपक्षमा बहुमत निश्चित हुनासाथ अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी थियो । यद्यपि कांग्रेसले नयाँ सरकार गठनको औपचारिक कदम चाल्नुअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाएका छन् । पुस २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावउपर छलफल र मतविभाजन हुनेछ ।

    कांग्रेसले विश्वासको मतसम्बन्धी प्रस्ताव असफल पार्न पहल गर्ने निर्णय आजको बैठकबाट लिने बताइएको छ ।

    कोरोनाका कारण क्रियाशील सदस्यताको काम प्रभावित भएको भन्दै महाधिवेशन कार्यतालिकालाई आंशिक संशोधन गर्नेबारे पनि आज छलफल हुनसक्ने जनाइएको छ । यसअघि सोमबार बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

  • २१ बैशाख २०७८, मंगलवार १४:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images