आमा बन्न किन डराइन् भारती ?
  • CIA Khabar

  • मुम्बई– भारतीय टेलिभिजन शो ‘डान्स दिवाने’को चर्चा पछिल्लो दिनमा निकै बढेको छ । शोमा सोनू सूदले प्रवेश गरिसकेका छन् । यो शो निकै इमोसनल पनि बनेको छ ।

    आजतकमा प्रकाशित समाचारअनुसार आम दर्शकलाई हसाउने भारती सिंह यो शोको होस्ट छिन् । उनले आफ्नो आँशुलाई हालैको एक भागमा थाम्न सकिनन् । उनी भावुक हुँदै आफ्नो परिवार योजनाको बारेमा पनि कुरा गरेकी थिइन् ।

    शोमा एक प्रतियोगीले कोभिड १९ का कारण ज्यान गुमाएका एक १४ दिनको बच्चाको अभिनय गर्छन् । यो अभिनय एक सत्यकथाबाट प्रभावित भएर बनाइएको थियो । जुन हेर्दा जोकोही दर्शक भावुक बनेका थिए ।

    ‘हामी बेबी प्लानको सोच बनाइरहेका छौं । तर यस्तो महामारीलाई म यसरी बच्चा गुमाएपछि रुन चाहन्नँ,’ उनले भनेकी छन् ।

    त्यसो त यसअघि पनि भारतीले सन्तानको योजनाका विषयमा बताइसकेकी थिइन् । ‘म आमा बन्न चाहन्छु । मैले र हर्षले २०२० मै सन्तान योजनाको सोच बनाएका थियौं । तर कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै मैले कुनै मौका लिन चाहिनँ’, उनले भनेकी छन् ।

    उनले यस्तो तनावपूर्ण अवस्थामा बच्चाको योजना बनाउन नसक्ने बताएकी छन् । ‘म चाहन्छु कि बच्चा स्वस्थ वातावरणमा हुर्कियोस्, बढोस् । अहिले त गर्भवती भएपछि अस्पताल जान नै जोखिम छ । हामी एक वर्ष अरु प्रतिक्षा गर्छौ’, उनले भनेकी छन् ।

    भारती र उनका पति हर्षले सन् २०१७ डिसेम्बर ३ मा विवाह गरेका थिए । उनीहरुले गोवामा पाँच दिने वैवाहिक कार्यक्रममा विवाह गरेका हुन् ।

  • २१ बैशाख २०७८, मंगलवार १४:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images