पार्टी फुट्ने भयो, पैसाको झोलासहित घरदैलो गर्दैछन् : जसपा नेता पाण्डे
  • CIA Khabar

  • काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले जसपा नेपाल फुटको सँघारमा पुगेको स्वीकार गरेका छन् ।

    सोमवार रातिदेखि जसपाका सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यको घर दैलोमा पैसाको झोलासहित देशी विदेशी शक्तिहरूले घरदैलो गरिरहेको आरोप पाण्डेले लगाएको छ ।

    पाण्डेले सामाजिक सञ्जालमा लामो वक्तव्य दिँदै उनले भनेका छन्, ‘हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी(विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद, सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ ।’ पाण्डेले सत्ता टिकाउन अहिलेको सरकार जे पनि गर्न तयार रहेको र प्रमुख प्रतिपक्ष कांग्रेस तमासे बनेको आरोप लगाएका छन् ।

  • २१ बैशाख २०७८, मंगलवार १४:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images