कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको निधन
  • CIA Khabar

  • काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका न्यायपरिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ ।

    संक्रमणबाट स्वास्थ्यमा गाह्रो भएपछि सशस्त्र प्रहरी अस्पतालमा उपचारार्थ भर्ना भएका खड्काको मंगलवार बिहान निधन भएको हो ।

    सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालले निरालाको निधनको पुष्टि गरेको छ । अस्पतालका अनुसार उनी वैशाख १० गते भर्ना भएका थिए ।

    निरालालाई सरकारको सिफारिसमा २०७६ पुसमा न्यायपरिषद् सदस्य नियुक्त गरिएको थियो । उनी तत्कालीन शाही सरकारका पाला महान्यायाधिवक्ता पनि थिए ।

  • २१ बैशाख २०७८, मंगलवार १४:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images