सांसदहरूको कोरोना परीक्षण गरिने
  • CIA Khabar

  • काठमाडौं । यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।

    वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक बस्न लागेकाले सांसद, सचिवालयका कर्मचारी र मर्यादापालकलगायतको थ्रोट स्वाब नमूना परीक्षण गर्न लागिएको हो ।

    संसद सचिवालयका अनुसार संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजे सम्म पीसीआर विधिबाट परीक्षण गर्ने तय भएको हो ।

    कोरोना परीक्षण गर्न सचिवालयले सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

  • २१ बैशाख २०७८, मंगलवार १४:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images