सुर्खेतको चौकुनेमा अक्सिजनसहितको आइसोलेसन सेन्टर
  • CIA Khabar

  • सुर्खेत । सुर्खेतको पश्चिम चौकुने गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

    चौकुने गाउँपालिका-६ मा रहेको जीवन ज्योति माध्यमिक विद्यालयमा पालिकाले उक्त सेन्टरको स्थापना गरेको हो ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेपछि उपचारमा सहज होस् भनेर अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । ‘भारतबाट फर्किएका हरेक युवालाई पालिकामा निगरानीमा राख्ने गरेका छौं । संक्रमितलाई आइसालेसनमा बस्न अनुरोध गरिरहेका छौं ’, शाहीले भने ।

    आइसोलेसन सेन्टरमा अहिले १२ वटा बेड राखिएको छ । ‘५० बेडको आइसोलेसन सेन्टर बनाउने हाम्रो लक्ष्य हो । अहिले १२ वटा बेड तयारी अवस्थामा छन् । ६ वटा अक्सिजन सिलिण्डर पनि हामीसँग छन् । बाँकी अक्सिजन सिलिण्डर थप गर्दैछौं’, शाहीले भने ।

    उनका अनुसार भारतबाट गाउँ फर्किने युवाहरूको संख्या बढ्दै गएको र त्यसले कोरोना संक्रमणको खतरा बढाएकोले सचेतना अभियान पनि थालिएको छ ।

    चौकुने गाउँपालिकामा मंगलबार आठ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनालाई संक्रमण देखिएको छ । तीमध्ये ३ जना होम आइसोलेसनमा र २ जना गाउँपालिकाको आइसोलेसनमा बसेका छन् ।

  • २१ बैशाख २०७८, मंगलवार १४:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images