अर्घाखाँचीमा सुरु भयो निषेधाज्ञा
  • CIA Khabar

  • अर्घाखाँची । कोरोना संक्रमित गएपछि अर्घाखाँचीमा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको आइतबार बसेको बैठकले वैशाख २० गते ९सोमबार० राति १२ बजेदेखि वैशाख ३१ गते (शुक्रबार) राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    महामारीका रुपमा फैलिएको कोेरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण दर तिब्र रुपमा बढेकोले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताएका छन् ।

    निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर निस्कन पाउने छैनन् । यद्यपि औषधि उपचार तथा अत्यावश्यक कामका लागि रोकावट हुने छैन ।

    आदेशको उल्लंघन गर्ने जो कसैलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने प्रजिअ पौडेलले बताए ।

  • २१ बैशाख २०७८, मंगलवार १४:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images