भुगोलबाट माओवादी लाई हटाएर गुगोलमा सिमित गर्ने ओलिको सपना पूरा हुदै, जसपाले दियो साथ
  • CIA Khabar

  • काठमाडौ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिको नेकपा माओवादि लाई गुगलमा सिमित गर्ने चाहना पूरा हुने देखिएको छ

    जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास मतमा समर्थन जुटाउन सुरु गरेको हस्ताक्षर संकलन मंगलबार पनि जारी छ ।

    अध्यक्ष ठाकुरले आफ्ना पक्षका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्यहरुलाई काठमाडौँ आउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार सोमबार नै सबै नेता तथा सांसद काठमाडौँ आइपुगेका छन् । त्यसमध्ये केहीले हस्ताक्षर गरिसकेका छन् भने केहीले आज गर्दैछन् ।

    जसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले आफूलाई पार्टीका अध्यक्ष ठाकुरले काठमाडौँ बोलाएको  बताए । सोही अनुसार आफू काठमाडौं आएको बताए । उनले जसपामा दुवैतर्फ हस्ताक्षर संकलन भइरहेको आफूले सञ्चार माध्यमबाट थाहा पाएको तर वास्तविकता जानकारीमा नआएको बताए ।

    उनी भन्छन्, ‘संसदीय अभ्यास विधि र प्रकृया अनुसार चल्नुपर्छ, बैठकको आफ्नै प्रकृया हुन्छ, छापामार युद्ध शैलीमा बैठक बस्नु भनेको पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर पार्नु हो।

    जसपाका अर्का कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले आफूले हस्ताक्षर गरेको बताए । पार्टीका अध्यक्ष महन्थ ठाकुरले मान्छे पठाएर हस्ताक्षर गर्न लगाएको बताउँदै उनले भने, ‘पार्टीका अध्यक्षले हस्ताक्षर गर्न भन्नुभयो, मैले गर्दिएँ । तर, हस्ताक्षर किन गराए, त्यसका बारेमा मलाई जानकारी छैन, पार्टीको बैठक बस्दैछ, त्यसमा छलफल हुन्छ ।

    ठाकुर पक्षधर कार्यकारिणी सदस्य २६ जना र सांसद १६ जना छन् ।ठाकुर आफ्ना पक्षका सबैको हस्ताक्षर संकलन गगराउनुका साथै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका सांसद तथा कार्यकारिणी सदस्यहरुलाई पनि तान्ने दाउमा छन्।

     

     

  • २१ बैशाख २०७८, मंगलवार १५:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images