संक्रमितका घरमै अक्सिजन पुर्‍याउँदै बुटवल उपमहानगर
  • CIA Khabar

  • बुटवल— बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितहरूका लागि निःशुल्क अक्सिजन सेवा शुरू गरेको छ । यसका लागि अक्सिजन सेवा बैंक स्थापना गरिएको छ।उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा घरमै आइसोलेसनमा रहेका संक्रमितहरूलाई स्वासप्रश्वासमा समस्या भए तत्काल स्वास्थ्यकर्मीको टोली अक्सिजन लिएर पुग्ने जनाइएको छ ।

    मङ्गलबार एक संक्षिप्त कार्यक्रममा प्रमुख शिवराज सुवेदीले अक्सिजन सेवा बैंक शुभारम्भ गरे । उनले उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिन्डर, सिलिन्डर बोक्ने गाडी, एम्बुलेन्स र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको र सूचना आउँदा साथ परिचालन हुने बताए ।

    संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधिहरू संक्रमितहरूका घरमा पुग्दा अक्सिजनको माग भएको थियो ।

    अक्सिजनसहितको आइसीयू बेड अभावकका कारण बुटवलमा संक्रमितको ज्यान गएपछि उपमहानगरले घरमै सेवा पुर्‍याउने व्यवस्था गरेको हो ।

    होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, आयुर्वेद ओखती वितरणसहित अक्सिजन तयार रािखएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधि पुर्‍याइउने व्यवस्था पनि गरिएको छ ।

    उपमहानगरले उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए ।

    कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरूलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ । होम आइसोलेसनमा बसेकाहरूले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन पनि उपमहानगरले अपिल गरेको छ ।

    उपमहानगरले संक्रमितको परिवार तथा समुदायमा कन्ट्याक ट्रेसिङ गर्ने र लक्षण देखिए निःशुल्क परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ । संक्रमितहरूका लागि सवारी साधन चाहिएमा त्त्काल उपलव्ध प्रवक्ता रामप्रसाद रेग्मीले बताए । सहजीकरणका लागि फोकल पर्सन पनि तोकिएको छ ।

  • २१ बैशाख २०७८, मंगलवार १५:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images