बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते
  • CIA Khabar

  • बैतडी– बैतडीमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    से १ ज १८३ नम्बरको जीप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ को गणमेश्रमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परेर मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेको प्रहरीले जनाएको छ ।

    मृतक सबै वडा नम्बर–६ कै स्थानीय रहेको घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    उनका अनुसार घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पतात बैतडी लगिएको छ । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन।

  • २१ बैशाख २०७८, मंगलवार १७:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images