नेपालमा एकैदिन ७ हजार ६६० कोरोना संक्रमित थपिए
  • CIA Khabar

  • काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    १६ हजार १३१ जनाको पीसीआर र ५७१  को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

  • २१ बैशाख २०७८, मंगलवार १७:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images