भ्रष्ट कर्मचारीतन्त्र छ, कर्मचारी हैन:भीम उपाध्याय
  • भिम उपाध्याय

  • भ्रष्टाचार कर्मचारीतन्त्रको रोग हो, ब्यक्ति कर्मचारीको रोग हैन । ईमानदार र स्वच्छ कर्मचारीतन्त्र भएको मुलुकमा कर्मचारी भ्रष्ट भए पनि भ्रष्टाचार हुदैन, कतै भईहालेछ भने तुरून्त पक्राउ परेर सजाए बेहोरिहाल्छ । बेईमान कर्मचारीतन्त्रमा ईमान्दार कर्मचारी पनि समूहमा टिक्न कि उ भ्रष्ट बन्न पुग्छ, नभए भित्रैबाटै खेदिन्छ।

    उ प्रताडित, अपमानित वा जिम्मेवारबिहीन बनाईनु त छदैछ , त्यसमाथि उसले पदोन्नति, बिदेश अध्ययन, प्रशिक्षण र अन्य सुबिधा पनि पाउदैन । स्वच्छलाई प्रोत्साहित गर्ने कर्मचारीतन्त्रमा ईमानदार कर्मचारी प्रभावकारी हुन्छन्, बेईमान कर्मचारीतन्त्र भएको मुलुकमा भ्रष्टहरूको जगजगी चल्छ ।

    तसर्थ, कर्मचारी भ्रष्ट छ कि ईमानदार त्यसले हैन कि, कर्मचारीतन्त्र स्वच्छ वा बेईमान कस्तो छ, त्यसले भ्रष्टाचार कम वा बढी हुने हो । भ्रष्टाचार कर्मचारीको रोग हैन, यो तन्त्रको रोग हो, शासन प्रणालीको रोग हो । त्यो सरकार वा नेता असल हो जसले असल मान्छेलाई थप असल काम गर्न प्रोत्साहित गर्छ र खराबलाई खराब काम गर्नबाट निरूत्साहित गर्छ।

    त्यो सरकार सक्षम हो जहॉ ईमानदार मान्छेले शीर उँचा गरेर हिड्न सक्छ र खराब मान्छे दूलो पस्न बाध्य हुन्छन्। यी तथ्य नबुझ्ने नेता वा जनता भ्रष्टाचारको कखरा नबुझेका हुन् । तिनका भ्रष्टताबिरूद्धका चिच्याहटले कहिल्यै एउटो माखो पनि मर्नेवाला छैन ।

    भ्रष्टाचार कसरी गर्ने? तस्करी कसरी गर्ने? सरूवा बढुवा नियुक्तिमा सेटिंग कसरी गर्ने? कार्टेलिंग र सिन्डिकेसन कसरी गर्ने? जग्गा दलाली र जलमाफियाकरण कसरी गर्ने? ढुंगाबालुवा गिट्टीमा कब्जा कसरी जमाउने? भंसारमा न्युनविजकीकरण कसरी गर्ने, कालाबजारी कसरी गर्ने? न्यायाधीशहरूसंग अर्बौ करोडौको मुद्दामा सेटिंग गरेर कसरी चोखिने? पुलिस प्रशासकहरूसंग कसरी सम्पर्क राखेर कालो धन्दा संचालन गर्ने? भ्याट, कर छली कसरी गर्ने? खरिदकर्ताबाट उठाएको सरकारलाई बुझाउनुपर्ने भ्याट पनि व्यापारीले नै खान पाउने कसरी गराउने? ऐननियम कानुनको नौ सिंगलाई मनलाग्दी आफू अनुकूल व्याख्या कसरी गराउने? नेता र कर्मचारीबीच सॉठगॉठ गरी सधैं भने भनेकै ठॉउमा सरूवा हुने वा जिम्मेवारी पाउने कसरी गराउने?

    यो विज्ञता अति नै चाहिने र विलक्षण प्रतिभाको खॉचो हुने विषयहरू हुन् । नेपालमा यी विषयका ज्ञाता जताततै यत्ततत्र सर्वत्र छ र तिनकै राज पनि चलिरहेकै छ। बरू अहिलेसम्म उत्पादित नेपाली विज्ञहरूलाई यी यस्ता सबै विषयमा मिडियाहरूमा व्याख्यान दिने, कार्यक्रमको श्रृंखला र पुस्तक लेखन, अडिओ, भिडिओ तयार गर्न सुरूवात गरेर विश्वभरि ज्ञान प्रसार प्रचार गर्न नेपालीहरूलाई बिश्वभरि पठाएर सदुपयोग गर्न पाए मुलुकले चाडै नै मस्तै धन कमाउने थियो कि जस्तो पो लाग्छ! तन्त्र भनेको प्रकृया हो। प्रकृया झन झन् अनियनित्रित बनाउने स्चियरिंग नेताहरूको हातमा छ। शरीरमा मगज रोगिएपछि अरू अंग निकम्मा हुन्छ नै।

    लेखक नेपाल सरकारका पुर्व सचिव हुन् ।

  • २१ बैशाख २०७८, मंगलवार १८:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images