‘आपूर्ति सहज, दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि पुग्ने स्टक’
  • CIA Khabar

  • काठमाडौँ । चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

    विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताउनुभयो । त्यस्तै उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्युनतम बस्तुको स्टक करिब ३ महिनालाई अझैपनि हामीलाई सप्लाइमा समस्या छैन । नआएपनि पुग्छ । खाद्य पद्धार्थको आपुर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनु भो भने मुल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।’

    दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मुल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने महानिर्देशक पौडेले बताउनुभयो । उहाँले भन्नभयो, ‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ । बजारमा बस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धि लगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ ।’

  • २१ बैशाख २०७८, मंगलवार १८:५५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images