देउवाको टिप्पणी : संसद छलेर सरकारले अध्यादेशबाट शासन गर्न खोज्यो(विज्ञप्ति सहित)
  • CIA Khabar

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाएका छन् ।

    मंगलबार साँझ एक वक्तव्य जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद् सम्बन्धी लगायत ७ वटा अध्यादेश जारी गर्ने सरकारको निर्णयको भत्सर्ना गर्ने जनाएका छन् । देउवाको विज्ञप्ति जम्मा दुई वाक्यको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषद् सम्बन्धी लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।’

  • २१ बैशाख २०७८, मंगलवार १९:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images