बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो
  • CIA Khabar

  • कैलाली । बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते रहेको जिप चालक दशरथ चन्द नगरपालिका–४ का ४५ वर्षीय तेज बहादुर बोहराको पनि मृत्यु भएको छ ।

    उनको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले बताए ।

    दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।

    सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जिप मङ्गलवार दिउसो पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा ५ जना घाइते भएका छन् ।

     

  • २१ बैशाख २०७८, मंगलवार १९:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images