दमक नगरपालिकाले थाल्यो निशुल्क पीसीआर परीक्षण
  • CIA Khabar

  • झापा– कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै दमक नगरपालिकाले संक्रमितहरुको पहिचानका लागि निशुल्क पीसीआर परीक्षण शुरु गरेको छ ।कोरोनाको पहिलो लहरका बेला समेत निशुल्क परीक्षण सेवा दिएको नगरपालिकाले दोश्रो लहर तीव्र बनेपछि पुनः निशुल्क परीक्षण थालेको हो। दमक २ स्थित कोभिड अस्पतालमा मंगलबार पहिलो दिन ३२ जनाको स्वाव संकलन गरिएको छ ।

    दमक नगरपालिकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा नगरबासीलाई लक्षित गरी पीसीआर परीक्षण शुरु गरेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।

    सातामा दुई पटक गरी प्रत्येक साता १ सय जना शंकास्पद संक्रमित, विपन्न परिवारका व्यक्ति तथा चिकित्सकले सिफारिस गरेका व्यक्ति तथा कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरुको पीसीआर परीक्षण गरिने नगरपालिकाकी उपप्रमुख गीत अधिकारीले जानकारी दिइन् ।

    दमकमा संक्रमित सय नाघे

    कोरोनाको दोश्रो लहर फैलिएपछि दमकमा मात्रै कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । मंगलबारसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या १ सय १ पुगेको नगरपालिकाले जनाएको हो ।

    संक्रमित मध्ये २ जनाको मृत्यु भएको छ भने ८ जना संक्रमणमुक्त भइसकेका छन् । हाल ३३ महिला सहित ९१ जना सक्रिय संक्रमित रहेको नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपमेयर अधिकारीले बताइन् ।

    दमक नगरपालिकाले वडा नं. २ मा कोभिड उपचार केन्द्र समेत सञ्चालनमा ल्याएको छ । त्यसमा हाल तीन महिला र चार पुरुष उपचाररत छन्।

  • २१ बैशाख २०७८, मंगलवार २०:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images