म्यान्चेस्टर सिटी प्रिमियर लिग फुटबलको फाइनलमा
  • CIA Khabar

  • काठमाडौँ । इंग्लिस क्लब म्यान्चेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा पुगेको छ ।

    सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरेको हो ।

    फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०लाई दोस्रो लेगको खेलमा २–० ले हराएको सिटी समग्रमा ४–१ को नतिजासहित फाईनल पुगेको हो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल गरे ।

    खेलको ११औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजको सिटीको जित सुनिश्चित गरे ।

    पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो ।

    प्रिमियर लिग फुटबलको उपाधिको नजिक रहेको सिटीले कारबाओ कपको उपाधि उचालिसकेको छ ।

  • २२ बैशाख २०७८, बुधबार ०९:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images