धेरै भयो बदनाम भएको तिम्रो नाउँमा
  • सुदन डोटेल

  • धेरै भयो बदनाम भएको तिम्रो नाउँमा
    भन के छ हल्ला त्यता तिम्रो गाँउमा ।

    दिल त मेरै हो, चिन्ता भने तिम्रो गर्दछ
    पागल छ यो, गाँउछ गीत तिम्रै नाउँमा ।

    शब्दहरु त गजल बनी बगिरहन्छन
    उ त घुँघुरु बनी बज्छु रे तिम्रो पाउमा ।

    बुझ्नै नसकिने कस्तो, यो मायाको असर
    बादल लाग्छ त्यता, बर्षात मेरो गाँउमा ।

    प्रेम त तागत हो, लड्न सिकाउछ भन्थे
    बाँच्नै नसक्ने कमजोर बनायो तिम्रो नाउँमा ।

     

  • २२ बैशाख २०७८, बुधबार १०:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images