गुल्मीमा थप एक संक्रमितको मृत्यु
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा थप एक कोरोना संक्रमित को मृत्यु भएको छ।गुल्मी जिल्लाको सत्यवति गाउँपालिका ७ जुनियाका ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय कोभिड १९ का फोकल पर्सन गोपाल कार्कि ले जानकारी दिए ।

    उनका अनुसार उनको बैशाख २० गते एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

    हिजो राति जोहाङ्ग्को आइसोलेसनमा उपचार गर्ने ल्याउने क्रममा मृत्यु भएको गाउँपालिका का अध्यक्ष बताए। यो सहित त्यस गाउँपालिकामा कोरोना बाट मृत्यु हुने को सख्या २ पुगेको छ।

    गुल्मी जिल्ला भर दोस्रो कोरोना लहरमा मृत्यु हुनेको सख्या १२ पुगेको छ।

  • २२ बैशाख २०७८, बुधबार १०:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images